दफा
सञ्चालकको निमित्त अयोग्यता
: देहायको कुनै व्यक्ति सञ्चालक हुन वा रहन सक्ने छैन ः-
(क) बहुला वा मानसिक सन्तुलन रहित व्यक्ति,
(ख) नैतिक पतन देखिने फौज्दारी अभियोगमा कसुरदार प्रमाणित भै सो वापत ६ महीनाभन्दा बढी कैदको सजाय पाएको र त्यस्तो कैदको सजाय
भोगिसकेका मितिले ५ वर्ष भुक्तान नगरेको व्यक्ति,
(ग) ऋण तिर्न नसकी साहुको दामासाहीमा परेको व्यक्ति, वा
(घ) संस्थानसँगको कुनै ठेक्का पट्टा वा करारमा कुनै प्रकारको निजी स्वार्थ भएको व्यक्ति ।